निराजन 'प्रभात' लुइँटेल
झापा नेपाल
हाल-न्यु वाक्रा-कतार
गाडीबाट उत्रेपछि सिधा ओरालो लागे तमोर नदीलाई भेट्न,भारी मन अनि पिडाको पोको बेकेर।सधैँ लगेजको भारी लिएर आउने म आज नितान्त रित्तो रित्तो थिएँ,थियो त केबल दुखको पोको मुटुभित्र गाठो परेको बेदना।ओरालो नै ओरालो लागे माझी धारो हुँदै,बाटो भरी पैयु फुलेको थियो,तर ती पैयुले मलाइ शितलता दिन सकेनन दिउन पनि कसरी बिचराहरु पनि त पीडितनै थिए।पैयुले मलाइ बिगतमा हुत्याए,-
"आमा यो फुलेको के हो?"
"बाबु यो पैयुको फूल हो ।" आमाको जवाफ
"आमा ती फूलकोके काम" मेरो जिज्ञासा
"फूलको काम के हुनु फूल्नु,मग्मगाउनु फेरि झर्नु।" सटिक जवाफ आमाको
"आमा मलाइ एक अँजुली फूल टिपिदिनुन ।"आग्रह मेरो
"म सक्दिन टिप्न " आमाको उत्तर
"उसो भए म टिप्छु यी फूल अनि सजाइदिन्छु हजुरको शिरमा हुन्छ।" मेरो पागलपन
"भो पर्दैन हिड चाडो,घर पुग्न अबेर भो।"आमाको आदेश
त्यस पछि म लुरुलुरु लागे आमाको पछि,आमा अगि अगि आमाको पछाडी नुनको बोरा नुनको बोरा पछाडी म यसरी लाग्यौ हामी आफ्नो गन्तव्यमा ।आज म ठूलो भए र पनि पैयु टिप्न सक्दिन,टिप्न सकेर पनि कसको शिरमा राख्नु मैले,कसको लागि टिप्नु मैले?अतीतमा हराउदा हराउदै मेरो खुट्टामा ठेस लाग्यो।म कराएँ आइया! आमा, बेतुकको मेरो बेदना।यो बेदना सुन्ने,बुझ्ने मुटु खोइ?फेरि सम्झिएँ अतीतगाउँले जीवन गाई-भैसी चडाउन म र आमा सधैं सनिवार जंगल जाने गर्थियौ ।एक दिन मेरो उत्ताउलोपनले खुट्टामा यसरीनै ठेस लाग्यो,औला फुट्यो,औलाबाट भलभरी रगत आयो।म कराएँ,आमा!आमा!! मरेनी मेरो खुट्टाबाट रगत आयो।आमा आत्तिदै आउनु भयो,अहो! मेरो बाबू के भो भन्नू भो,त्यो स्नेह,त्यो मायालुपनको छुवाइले मेरो आधा घाउ ठीक भो।कति चकचक गर्छ यो गोरु आमाको मायालु गाली अझै सुन्न मन लाग्यो,तर आमा दुखिद हुँदै तितेपाती खोजेर मेरो घाउमा लगाइदिनु भो,आफ्नो पटुकिको छेउ बीना प्रवाह ध्वार्र च्यात्नु भो,मायाको लेपन लगाएर मेरो औला बाँधिदिनु भो।फेरि आए आगतमा आज म एक्लो एक्लो छु।
सधै १ घण्टामा पार गर्ने त्यो बाटो आज कोष कोष दूर लाग्यो,तर पनि दुरी नापिरहे,एक्लै एक्लै।ओराली सकेर तमोर खोलाको लिम्बुनी साँगु कटेर म लागे करिम करिम,उकालो मेरो गाउँ भेट्न।सधैको जस्तो हर्ष छैन आज ममा,बोझ छ मात्र बोझ नबोक्न सक्ने,न बिसाउन मिल्ने ।धिमलटारको छेउ पुग्दा देखे एक हुल राता बाँदर,साथमा भुरा बाँदरपनि।फेरि बिगतको याद ताजा भएर आयो।यी सायद तिनै बाँदरका संतान होलान,जुन बाँदरहरुले कम्ता दुख दिएका होइनन हामिलाइ।सधै यी बाँदरकै गोठालो हुनुपर्ने नत्र वर्ष भरीको कमाई सबै स्वाह।पर टारी खेतमा अझै थियो,बाँदर खेद्न बनाएको कटेरो ,बूढो कटेरो,त्यो कटेरो भित्र मैले कयौ वर्षा,कयौ हिउद बिताएको छु बाँदरको गोठालो गर्दै।त्यो गोठ भित्र आमाको पटुको भित्र बेरिएर आएको भुटेको मकै अनि काभ्राको अचार खाएको थिएँ,साथमा डल्ली भैसिको बाक्लो मोहि,मेरो मुख रसायो त्यसै त्यसै ,त्यै कटेरोमा कयौ पटक आमाको न्यानो काखमा निदाएको थिएँ।आज फगत,केबल मुटु दुखाउने अतीत।भो हेर्दिन त्यो बिगत भन्दै उकाली लागे म। तर कहाँ छोड्छ र अतितले?बोझ बनिरहेको छ अझै अतीत।भन्छन आगत भन्दा बिगत प्यारो हुन्छ रे जतिनै दुखद भए पनि ,हो रहेछ आज अनुभव भो।
मैले मेरो बालाइ देखिन म सानै हुदा परलोक जानुभएको रे आमाले भन्नू भा।पतिको मृत्युको पीडा एका तिर अनि कल्कलाउदो उमेर एका तिर,धेरै आए रे आमालाइ साथ दिन्छु भन्दै तर आमाले मेरो छोराले दुख पाउछ भनेर अर्को बिवाह गर्नु भएन रे।उहाँको आशा,भरोसा अनि बुढेसकालमा भर दिने एक मात्र खाबो म थिएँ।दैबको लिला पनि खोइ कस्तो कस्तो बुझ्नै नसक्ने । कहिले माओबादी युद्धको मारले त कहिले आर्थिक भारले म दूर दूर हुँदै गएँ आमा देखि,आमाको माया देखि ।यो हिड्दै गरेको बाटो देख्दा त्यो दिन फेरी याद आयो।माओवादि युद्ध चरमचुलिमा पुगेको थियो,गाँउ-गाँउमा उर्दि लगाइदै थियो "कि छोरा कि बोरा।"यो उर्दिले मेरि आमालाइ कम्ता चिन्ता भएको होइन,कतै मेरो छोरालाइ पनि यिनिहरुले लग्ने त होइनन्?किन कि मेरो आमा सँग छोरा त्यो पनि एउटा मात्र थियो,आफै त एक छाक खाए अर्को छाक के खाने भने चिन्ता थियो भने बोरा दिने औकात कहाँ र हाम्रो।त्यसैले आमाले मलाइ रातिनै घरबाट भगाउनु भो,म भागे घरबाट अनि पुगे झापा त्यो रात म यो बाटो हुदै भागेको थिएँ,आफनै गाँउबाट बिस्तापित भएको थिएँ।आमाको साथ छोडेर जाने रहर कहाँ थियो र मलाइ तर हालातलेनै यति मजबुर बनायो कि पानी भन्न दिएन।यसरी भागेर म मेरो आफन्तको घरमा पुगे,दुई तिन दिन त ति आफन्तको बसे तर तिनिको घरमा मलाइ धेरै दिन बस्न मन लागेन अनि शुरु भो मेरो दु:खको दिन।त्यो दिन देखि कति ठाँउ भौतारिएँ,कतिको गोडा ढोगे त्यो भनेर,लेखेर के साध्य।जीवन जोगाउन होटलमा भाडा पो माँझिन कि?पानिपूरि बेच्न पो सघाइन कि आखिर के पो गरिन?मैले जे जे गरे श्रम गरे कसैलाइ ठगिन,कसैको हानि हुने काम गरिन,किन कि मेरि आमाले सधै भन्ने गर्नु हुन्थियो, "बाबु कसैको चित्त नदुखाउनु अरुको चित्त दुखाउनु भगवानको अपमान गर्नु हो।"के म मेरि आमाको बिचारलाइ त्याग्न सक्थे?के मेरो भगवानको अपमान गर्न सक्थे?तर आज लाग्दै छ भगवान पनि भक्तको होइन पैसावालाकै पेवा भएका छन्।
यो दुनियाँमा सबै नराम्रा मात्र मान्छे काँहा छन् कोहि राम्रा मान्छे पनि छननि।मेरो लगाव अनि मेहनत देखेर एक जना धनि मान्छेले मलाई घरमा लगेर मालिको काम दिए।म मेहनत गर्दै गएँ।मैले फूलबारिको यसरी देखभाल गरेकि मालिक धेरै खुशि भए।अनि उनैले मलाइ बिदेश पठाई दिए,म पनि मालिकको गुण सम्झिदै हरियो राहदानि बोकेर बिदेश आएँ।दैवको देननै त होला बिदेशमा पनि मलाई राम्रो काम मिल्यो।मैले धेरै पैसा पनि कमाएँ।बिदेशबाट पहिलो पटक म घर पुग्दा यो बाटोहरुले मलाई स्वागत गरेका थिए।तर आज एक्लो एक्लो म पनि सुनसान सुनसान यो गोरेटो।जेष्ट महिनाको यो टन्टलापूर घामको पनि मलाई कुनै प्रवाह छैन,साँचो भनौ भने मलाइ आज त्यो गाँउ पुग्न मननै छैन।हिड्दा हिड्दा धेरै हिडे जस्तो लाग्छ तर अझै गन्तव्य भने दुर दुर भाग्दै गर्छ।कस्तो नियति!एक्कासि हावाहुरि पो चल्न थाल्यो,आकास कालो निलो भएर आयो,केहि छिन अगाडीको त्यो गर्मि सबै हरायो,हावाले आफ्नो प्रभुत्व देखाउन थाल्यो।फेरि सम्झिन पुगे मैले मेरो बिगतलाई,आज किन यसरी बिगत बल्झिन्छ घरि घरि?पहिला पहिला पनि यो सिजनमा यसरीनै मौसम परिवर्तन हुन्थियो।मलाइ वर्षादमा रुझ्न धेरै मन पर्ने,तर आमा भने बैमानि मलाइ रुझ्न दिदै नदिने।रुझ्यो भने ज्वरो आउछ रे,खोइ के के हुन्छ रे,एक् दिन यसरीनै आमाले भन्दा भन्दै पनि म निस्किएँ पानीमा रुझ्नलाइ,म बेगमा हानिदै गएँ पानीको तालमा नाच्दै गएँ,कसैको प्रवाह बिना। लगभग दुई घण्टा म माप्नि सँग खेले,रमाएँ अनि फर्किएँ घर।
रातिको खाना खाएर हामि सुत्यौ,एक्कासि मलाई ज्वरो आएछ,म आलसतालस भएछु,आमाको पनि होस उडेछ,के गर्ने कसो गर्ने। आमा एक्लै कसलाई गुहार माग्ने,छोडेर बैध बलाउन जादापनि एक्लो बिरामि छोरा कसरी छोड्नु,पहाडी परिवेसमा नजिकै घरपनि नहुने,त्यो माफि पानीपरेकाले बोलाउदापनि कसले सुन्ने?आमा त्यो रात भर रुनु भो रे,घरमा भएको तुलसाको पात अनि चिसो पानीपट्टि गर्नु भयो रे,जब उज्यालो हुदै गयो,म पनि ठीक भएछु।बाबु भनेर आमाले बोलाउनु भयो बिहान मैले हजुर आमा भने,त्यो पलमा आमाले मलाइ एक्कासि अंगालोमा बेरेर धोको फेरेर रुनु भयो,आखिर आमा त्यो दिन किन रुनु भयो,त्यो कुरा आज सम्म रहस्यको गर्भमा छ।त्यो दिन देखि म आज सम्म पानीमा कहिले पनि रुझेको छैन,तर हरेक वर्षातले मलाइ याद दिएर जान्छन् आमाको।आज पनि पानी पर्न थाल्यो,कतै रुखको फेदमा ओतलाग्न मन त थियो,तर ओत लागिन,अनवरत रुपमा यात्रा गरिरहन मन लाग्यो,दशकौ पछि आज जो रुझ्न साइत जुरेको छ,यहाँ न आमा हुनुहुन्छ रोक्नलाइ,नरुनलाई,न अंगालोमा बेर्नलाइ,आखिर अब म किन नरुझौ?किन आखिर किन?माथि बाट एकजना मानिस छाता ओढेर आउदै थियो,छाताले अनुहार छोपिएको हुनाले मैले चिन्न सकिन।त्यो आकृती जति जति नजिकाऔदै गयो,मेरो मन उति उति भक्कानिदै गयो,मैले आँसुलाइ रोक्न उचित मानिन,बग्न दिएँ आँसुलाइ बिना रोक।आखिर वर्षातमा रुनुको मज्जा अर्कै हुन्छ, म रुदैछु भन्ने सामुन्ने हुनेलाई पनि थाहा हुन्न।त्यो छाता ओडेर आउने मेरो पुरानो गाँउकै साथि रहेछ,उसलाइ देखेर मैले आफुलाइ थाम्नै सकिन,उसलाई अंगालो हालेर म कुवाँ-कुवाँ रोएँ।
"भानु यार यस्तै हो किन रोएको चुप लाग,खबर गरेको भए म लिन आउथे पनि घुम्ति सम्म" मेरो साथिले ढाडस दिदै बोल्यो
"होइन यार अब म एक्लै हिड्न सिक्नु छ,जीवनको गन्तव्य अब एक्लै भित्ता भित्ता नाप्नु छ,अब म कसैको साथको आशा गर्दिन यो सब क्षेणिक मात्र हुने रहेछ।"मैले आक्रोश व्यस्त गरे
"अनि पशुपति निस्किएर सिधा गरेर आएको त?"साथिको प्रश्नले म झन रोएँ,आशु अनवरत रुपमा बगिरहयो,मैले ति पीडा बगाउने आँसुलाइ रोक्ने चेष्टा सम्म गरिन।
"चुप लाग यार जे नहुनु त्यो भयो,अब रोएर के हुन्छ?"साथिले थुम्थुम्मायो
"अनि किन आमा खसेको बेला आएनस् त,के बिदा मिलेन कि के भयो?"साथीको प्रश्न
"के भन्नु यार कसलाइ मन हुन्न आफ्नो प्यारो आमाको अन्तिम अनुहार हेर्ने तर के गर्नु त्यो मरुभुमिको देशमा सबैको मुटु मरुभुमिकै छ,हाम्रो पीडा गौण हुन्छ त्यहाँ,काम काम काम मात्र काम हेरिन्छ।मेरो आँशुले ति आत्मा बिहिनको मुटु छुन सकेन,म सधै आँशुको खहरेमा मर्दै-मर्दै जिएँ,तर त्यसको हेक्का कसैलाइ भएन।आज मैले त्यो देश अनि त्यो कामलाई लात मारेर आएको छु,अब जे गर्छु आफ्नो देशमा गर्छु,आफ्नो गाँउमा गर्छु,हो मित्र म अब जान्न त्यो दाया माया नभएको मुटु बिहिन मरुभुमिको देशमा।मैले त्यो देशमा पैसा अनि सीप त कमाएँ तर मैले सबै गुमाएँ,मेरो देशको माया अनि मेरि आमा।मेरी आमाको देखभाल गर्ने समयमा मलाइ नियतीले यसरी पछार्यो कि म कायल भएँ,घायल भएँ।मेरी आमाको सेवा गर्न नपाए पनि अब म नेपाल आमाको सेवा गर्छु,जसले मेरो आमाको आत्मालाइ शान्ती दिन्छ होला।आमा मैले हजुरको गुणको भार तिर्न सकिन है?आमा ! मलाइ माफ गर्दिनु है।हजुरकै शुखद भविश्यको खातिर म मुग्लान भासिएको थिएँ,म एक्लो ज्यान मात्र त जसरी पनि पाल्थे नि।हजुरलाई दुई छामनै मिठो खुवाउने मेरो ईच्छा अधुरो भो,हजुरको लास सँगै मेरो ईच्छाले पनि सती जानु पर्यो।"
"हो यार यो मरुभुमिमा धेरैले पैसा कमाउदै छन् तर के थाहा उनिहरुलाई त्यो पैसा दुई दिनको घाम छाँया मात्र हो भन्ने,जे गरिस ठीक गरिस यार अब देश बनाउनु पर्छ,देश बनेमा हामी बन्छौ।तर के गर्नु यार देशमा पनि कुनै ब्यपार-व्यवसाय गर्ने वातावरण छैन।सबै लड्दै छन् कुर्सिको खातिर।१० हजारले ज्यानको आहुति दिएको पार्टि त आज १० हजारको खुनको अपमान गर्दै कुर्सि-कुर्सि गर्दै छ।के गर्नु हाम्रो नियति।"साथिले पनि आक्रोस देखायो,यो आक्रोस हामि सबैको मनमा थियो।
कुरै कुरामा म मेरो घर आइपुगेछु,एक टकले मैले हेरे मेरो घरलाइ,आमा आमा भनेर बोलाउन मन लाग्यो तर मेरो गला रोकियो,मुख सुकेर आयो।
आमा भोक लाग्यो खोइ खाजा दिनुन भनेर कसैले भित्र बोले जस्तो लाग्यो।एकै छिन है बाबु मा आए,पख है किताब राखेर बस्दै गर,हात खुट्टा धोएर आइज म खाजा तयारी गर्दिन्छु।यो आवाज मेरो कानमा ठोक्कियो।आमा आमा म चिच्याउदै भित्र पसे,भित्र माकुराको जालो,मुसाले प्वाल पारेको दलिन अनि भत्केको चुलो बाहेक अरु सबै शुन्य शुन्य थियो।
आमा! म झन् झन् चिच्याएँ,रोएँ कराएँ तर सबै फगत मात्र अतित अनि याद।
समाप्त
0 सुझाबहरु:
Post a Comment