निराजन प्रभात लुइटेल
पूरानो साइकल लिएर म निस्किएँ बजार।पर क्षितिजमा धेरै हल्ला सुने,के भएको रहेछ जान्ने ईच्छा भो र लागे उतै तिर।धरै मानिसको भिड थियो,मानिस सम्म छिर्ने ठाउँ थिएन।प्रहरीहरु पनि थिए।बिद्यार्थि नारा लगाउदै थिए।हाम्रो माग पूरा हुनै पर्छ,मृतकलाइ सहिद घोषणा गर भन्दै।के कारण मरेछन् आखिर सहिद हुने गरि मनमा जिज्ञासा पलायो।कुरो बुझ्दै लादा।ती एक मेघाबी छात्र रहेछन एम ए गरेका।मार्सिटको बिटो बोकेर धेरै ठाउँ भौतारिएछन तर हात लाग्यो सुन्य।
घरको आर्थिक अवस्था,पढदा लागेको रीण सबैले उनी जीवन देखि हार खाएछन अनि गुडेको गाडी मुनि पसेछन जीवन आहुती दिन,उनी सफल पनि भए।एक बेरोजगार शिक्षित कम भयो सरकारी तथ्यांकमा । एक गरिब बाबुले छोरो गुमाए।बिद्यार्थि नेताले भाषण गर्ने मेरो पाए।गाडी साहुको दसा सुरु भो।प्रहरीको जिम्बेवारी थपियो।चोक,बाटो बन्द भो।
म केही छिन घोरिएँ,सोछे यी सबैलाइ।अनि फेरि सोछे सहिद शब्दलाई अनि निधो गरे घर गएर शब्दकोषमा सहिद शब्दको अर्थ हेर्ने।साथमा कामना गरे यसरी कोहि पनि सहिद नहोस।
अस्तु !!
0 सुझाबहरु:
Post a Comment