भुराका कुरा
केटा केटी उमेरमा म ज्यादै उट्पट्याङ्ग थिएँ।हुनपनि त्यो उमेरनै त्यस्तै हो।अरु भुराभुरी भन्दा भिन्न पहिचान थियो मेरो ,खाइलाग्दो कद काला काला चक्षु,पढाइमा पनि अब्बल थिएँ म।पढाइमा अब्बल हुनाले मैले फटाइ गरे भनेर कसैले सरहरुलाई भने पनि सरहरुले पत्याउने होइन,जसले गर्दा धेरै पटक म सजायबाट बच्ने गर्थे।मैले भनेको नमान्ने कमै केटा साथिहरु थिए होलान त्यो समयमा।एक प्रकारले म अघोषित लिडरनै थिएँ।अरुको बारीको आरु,आरुचा,आरुबखडा,काक्रो,नासपाती,दारिम,सुन्तला त कति चोरीयो कति खाइयो कति त्यसको लेखा-जोखानै छैन। म धेरै जसो प्लान बनाउनेमा पर्थे (चोर्ने प्लान क्या) अनि साथिहरुलाइ चोराएर आफू भने टाढाबाट रमिते बन्थे,कतै आकल झुकल पक्री हाले पनि आफू त रेसम फिरीरी।
त्यतै त्यो बेलाको एक काण्डले आज पनि मलाइ झस्काइ रहन्छ,ग्लानी बनाउछ भने कहिले काहीँ त्यो दिन फेरि आए हुने झै लाग्छ,साँच्चै अनौठो मज्जा अनि अहिलेको जस्तो जटिल थिएन त्यो जीवन।हाम्रो स्कुल नजिकै भैंसी आल बस्न बनाएको एक सानो पोखरी थियो,हिलोले भरिएको त्यो पोखरीमा पानी कम हिलो ज्यादा थियो।उमेरनै त्यस्तै ,एक दिन हामी स्कुल छिटै आएका थियौ (उसो त हामी सधै छिटै स्कुल आउने गर्थियौ। )आज भने मलाइ एक खेल खेल्न मन लाग्यो,पोखरीको हिलो कसले धेरै पर पुर्याउने। ढुंगाले पोखरीमा हानेर हिलो उफार्ने खेल।३ जना अरु साथिहरुलाइ उकासेर लिएर गएँ।हिलो उफार्ने अघोषित प्रतियोगितानै चल्यो हामी ४ मित्र बिच। सबै भन्दा पहिला मैले ढुङ्गा हाले पोखरीमा,ढुङ्गाको तोडले हिलो भएको पनि पल्लो गरा सम्म उट्छिटियो,सानो सानो सुनामिनै चल्यो,भ्यागुताको दुनियाँमा हाहाकार मच्चियो।अब अर्को साथिको पालो आयो।उ आफ्नो खेल देखाउन तयार हुँदै थियो,म भने कुकुरले झै काल्लो(भित्तो)भिजाउन ...... वारि तिर गएँ।पहाडी धरातल त्यो पोखरीको मुनिबाट एक गोरेटो आउथियो स्कुललाई जोड्न यसो त्यो गोरेटो तिर आँखा लगाएको त भुपाल सर,हाम्रो अंग्रेजी मास्टर आउदै गरेको देखे,मेरो सातो पुत्लो गयो तर पनि मैले मेरो प्रतियोगी साथिलाइ उक्साएँ हान केटा हाल त्यो न्वारानको बल निकालेर हान तर पनि तैले मलाई जित्न सक्दैनस ।मेरो यो च्यालेन्सले उ झन उक्सियो र बजार्यो ढुङ्गा पोखरीमा हिलो उफ्रीएर गोरेटो सम्म पुग्यो पोखरीको हिलो पानी बन्धनबाट छुटेको साँडेझै उफ्रिएर बेलगाम घोडाझै भए,दैब संयोग हिलोले भुपाल सरलाइपनि भेट्यो,बेताल छच्ल्किएको पानीले भिजाउनु भिजायो,त्यो सुकिलो लुगा हिलाम्री भयो।एक त कडा मिजाजका भुपाल सर त्यो माथी त्यो हाल बनाए पछि काण्ड त मच्चिने निश्चित थियो।म भने बारीको काल्ना नाग्दै कुले भएँ,फन्दामा परे मेरा ३ साथी। ३ जनालाइ लाइनमा ठिङ्गे लगाउनु भो भुपाल सरले,गाली गर्नु गर्नु भो,घाँस खानको दुखले गाँस खाने पशु भन्नू भो।मित्रहरुले मेरो पनि नाम लिए,तर भुपाल सर माने न मार्दिनु,त्यो बिचरा लुइँटेल उधो बाट आउदै गरेको मेरै आँखाले देखेको भाते हो आफू बिगार गर्ने अनि दोष उसलाइ भुपाल सर बुलेट झै पड्किनु भो,आज देखाउछु तिमिहरुलाइ बाबुको बिहे।मेरो भने मुटुको ढुकढुकिले बल्ल ठेगान लिए कता कता हासो पनि उठ्यो।३ जनालाइ कुखुरिका बनाउनु भो,घुडाले टेकेर चौरीको चक्कर लगाउनु भो।म भने लौका जत्रो नाम बनाएर रमिता हेरिरहे पर बसेर,कुनै आत्मालोचना बिना,ग्लानी,हीनताबोध बिना।

0 सुझाबहरु:
Post a Comment