"अरे यार नयाँ कानुनले त बडो गजबको मज्जा हुनेछ,साला सधैँ पेलेर राख्ने त्यो केरला अब देख्छ।" नेपाली तर अस्पष्ट बोल्ने यी ब्याक्तीको यो प्रतिक्रीयाले म टक्क रोकिएँ
सोधे दाइ के कुरा हुदैछ ?अनि हजुरहरु कुन कम्पनिमा काम गर्नुहुन्छ ?मेरो यो एक्कासिको प्रस्नले उनिहरु अल्मलिए।केही डराएको जस्तो देखिए। अहो! डराउनु पर्दैन क्याँ । मैले ढाडस दिएँ।
अहो! अहो!! दाजु (उनको लवज मैथिली मिसिएको थियो,अनि म २६/२७ वर्षको मान्छेलाइ पनि दाजु भन्दै थिए जबकी उनी ४० भन्दा कम थिएनन) कम्पनिको कुरा नगर्नुस नाम थाहा छैन ,यसो छोटा मोटा काम गराउछ । १२/१३ घण्टा काम गर्यो ओभर टाइम दिन्न तर एउटा कुरो तलब भने १ तारिक आफै रुममा ल्याइदिन्छ। त्यो चाहिँ ठीक छ ।
ए होर ? अनि नयाँ आउन लागेको कतारी कानुनको बारेमा के के थाहा छ? के यसले हामिलाइ फाइदा देला त ? मैले प्रसंग बदले
दाजु मैले गएको हप्ता पत्रीकामा पढेको बडियाँ कानुन ल्याउदै छ रे,कम्पनी मन नपरे अर्को कम्पनिमा पनि जान पाइन्छ रे । अनि पासपोर्ट पनि हामिलाइनै दिन्छ रे जुन बेला मन लाग्यो त्यो बेला घर जान पनि पाइन्छ रे । यस्तै अरु के के रे रे रे भने ती दाइले एकदम खुशी हुँदै। मानौ उनी धेरै खुशी छन,वर्सौ देखिको अभिलाषा पूरा हुँदै छ ।
ल ल दाइ यो त खुशिको कुरा हो यति मात्रै भनेर म लागे खाना खान होटल तिर ।
होटलमा खाना खादै गर्दा "निराजन भाइ यहाँनेर काम गर्दा गर्दा वाक्क भए म अब ४ महिना पछि २ साल हुन्छ अनि अर्को कम्पनिमा जाने हो म त । " होटलमा काम गर्ने एक नेपालीको भनाइ
के यो होटल साहुले NOC दिन्छ रे त ? मैले प्रश्न गरे
हे भाइ पनि पत्रीका हेर्दैनौ तिमी कतारमा नयाँ कानुन आयो रे नि ,तिमिलाइ थाहा छैन ? उल्टै मलाइ पो प्रस्न गरे ती दाइले
अह थाहा छैन त ,दाइ के के नियम आएको रहेछ? मैले नजानेझै बनेर प्रश्न गरे
भाइ के के हो के के अहिले फुर्सद छैन नत्र सबै भन्थे,तिमी एक काम गर खोजेर भए पनि गएको हप्ताको कान्तिपुर या यो हप्ताको राजधानी पढ त्यहाँ सबै लेखेको छ ।मलाइ सुझाब दिदै उनी काममा लागे ।
खाना खाएर म रुम जाँदै थिएँ बाटामा दुई जना बंगाली हिड्दै गरेको भेटे ,मैले उनिहरुलाइ प्रश्न गरे -"तिमिहरुलाइ नयाँ आउन लागेको कानुनको बारेमा केही थाहा छ ?
"कुन कानुन ,कस्तो कानुन ??" उनिहरुले केही पनि थाहा नभएको बताए।
म त्यहाँ बाट पनि हिडे ,सिधै आफ्नो भिल्ला गएँ।मेरो रुम नजिकैको रुम बाट एक फिलिपिनी निस्किदै रहेछन उनिलाइ पनि सोधे नयाँ कानुनको बारेमा उनिले पनि सुनेको तर खासै याद नगरेको कुरो सुनाए।
मेरो कम्पनिमा सँगै काम गर्ने इडियनलाई पनि उहीँ प्रस्न तेर्सियाए,उसले पनि अस्ति तैले भन्दा सुनेको त्यो भन्दा धेरै थाहा भएन भन्यो ।
यसरी माथिका संवादलाई नियालेर हेर्दा आउन लागेको नयाँ कानुनको धेरै चासो हामी नेपालिलाइनै छ,तर यो कानुनको बारेमा यहाँका पत्रीकाहरुले अझै बुझाउन नसकेको मैले पाएँ।नयाँ कानुन आउने साथै कम्पनी फेर्न पाइने भ्रम धेरैमा मैले पाएँ । यो भ्रम चिर्ने एक मात्र माध्यम यहाँबाट प्रकाशित नेपाली पत्रीकाकै हो । यहाँका नेपालिमा यो बिषय कति चासोको रहेछ भन्ने जेष्ट १ गते कान्तिपुर गल्फको बिक्रीलेनै देखायो। यहाँका सुपरमार्केटमा त्यसै रहने अरुबेलाका पत्रीका त्यो दिन साझ ५ बजे कुनै कुनै पसल बाहेक अरु ठाउँमा सबै सकिएका थिए ।

0 सुझाबहरु:
Post a Comment