Friday, October 17, 2014

गजल समस्या अनि यसका समाधानको उपायहरु !!


लेखक/संकलक-निराजन प्रभात लुइँटेल

छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन ।जस्तो चाइनाको माल-सबैले प्रयोग गर्ने तर पनि विस्वास नगर्ने।काठमाडौँको एउटा कुनामा मदन पुरस्कार पाएको देखि पाउने वालासम्मको एउटा झुण्ड नेपाली साहित्यको बारेमा खुब छलफल गर्ने गर्छ विभिन्न वाद देखी विभिन्न कथा, उपन्यास कविताका शैलीका बारेमा निकै लामो बहस पनि हुने गर्छ तर त्यो झुण्डले गजलकार भनेपछि फुटेको आँखाले पनि हेर्न चाहादैन,गजललाई आयतित बिधाको रुपमा मात्र हेर्छन् धेरै नाम चलेका लेखकहरुनै।यहाँ जीवन भर 10 बढी उपन्यास लेखि सक्दा र 400 बढी कथा/कविता लेखिसक्दा पनि आफू प्रति सन्तुष्ट नहुने कवि लेखकलाई यो कुरा अनौठो लग्न सक्छ । जाबो १० लाइन गजल त के १०००० लाइन लेख्न सकिन्छ भन्ने पनि लाग्ला तर एउटा गजलको असली शेर लेख्नुको मेहेनत कुनै उपन्यासको भन्दा कम हुदैन ।चार,पाँच शेर गजल लेख्दा एक गर्भवति महिलाले प्रसवमा भोगेको भन्दा बढि पीडा हुन्छ। इनसाइक्लोपिडियामा गजलको अर्थ “गजल इज कलेक्सन अफ कमप्लिट पोइम्स भनेर दिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।


      आजको नेपाली गजल एउटा साहित्य सिक्दै गरेको व्यक्तिलाई मूलधारको साहित्यमा पुर्याउने पूल को रुपमा देखिएको गजल आफै चाँहि मुलधारको साहित्य हुन सकेको छैन सुरुवाती दिनहरूमा गजलमा लागेका धेरै उत्कृष्ट लेखकहरूले समय क्रमसँगै गजललाई छाडेर कविता उपन्यासतिर लागेको देखिन्छ यसको मुक्य कारण गजल गजलकारलाई नेपालमा सम्मानजनक रुपमा ग्रहण गर्न नसक्नु नै हो हुन गजललाई सम्मानजनक बनाउन तिनै छाडेर जानेहरूले पनि एक खाल को पहल गर्नु पर्ने हो तर आजकाल मान्छे बाटो खनेर हिड्नुभन्दा खानिसकेको बाटो हिड्न मन पराउछ यस्तो तितो यथार्थका बिचमा पनि हाम्रोमा गजलको बारेमा अनाबस्यक हल्ला चाँहि अलि बढी नै हुने गर्छ गजलकारहरू आफ्नो भाउ आफै सस्तो बनाई राखेका हुन्छन अझ त्योभन्दा बढी अहिले सम्झिरखेको छु डाक्टर नीरजको एउटा शेर 

गजलको गला उहिल्यै देखि थिचिएको यहाँ
  गजलकार भने ठुलो स्वरले चिच्याए जस्तो गर्छ


संख्यामा भारी बृद्वी भइरहेको अवस्थामा गुणात्मकतामा ह्रास आउनु स्वभाविक नै हो तर गुणात्मकता नै छैन भन्नु चाँहि मुर्खता हो भन्ने मलाई लाग्छ ।आजकाल फेसबुकमा स्ट्याटस राख्ने उधेश्यले धेरै जना गजलकार हुनुभएको , उहाँहरुको व्यक्तिगत स्वतन्त्रतामाथिको यो मेरो हस्तक्षेप होइन तर पनि गजलको गुणातमकतामा ह्रास आउनुको एउटा प्रमुख कारण यो पनि हो धेरै जना देखासिकीमै पैडिन जान्ने भ्रमले नदीमा हाम फाले जसरी गजलमा लग्नुभाएको जुन पछि गएर आफैलाई घातक हुने निश्चित हाम्रा मिडियाहरूले गजलको न्यूनतम मापदण्ड नपुगेका रचनाहरूलाई पनि गजल भनेर प्रचार गरेका कारण पनि घुमाएर एउटा दुइटा शब्द जोडे गजल हुने रहेछ भन्ने भ्रम धेरैमा छ/
 प्रमुख कुरो त नेपाली गजलको बिकासमा स्कुलिंग नै छैन-व्यक्तिहरु संगठित हुनुपर्यो,गजलका नियमबारे कम्तिमा महिनामा एकपटक छलफल गजल बाचन,गजलको नियम र बिषयबस्तुमाथि छलफल हुनुपर्यो।कतारको हकमा एउटा छुट्टै गजललाइ मात्र सम्बोधन गर्ने एउटा संथा हुनुपर्‍यो।जसले गजलको बारेमा महिनामा कम्तीमा एक पटक छलफल गरोस्।गजलको विकासको बारेमा छलफल गरोस्,लेख्नेहरु बीच सेतुको काम गरोस्,गजल अरुले लेखेको देखेर मात्र लेखिने काव्य होइन,यसलाई बुझ्न अध्ययनको जरुरी छ।अध्ययन बीना कुनै पनि काव्य लेख्न सकिन्न त्यो मनन गर्नुपर्छ सबै लेखकले।काफिय,रदिफको मेल मात्र गजल होइन गजलको भित्री अंगलाइ नबुझे सम्म गजल लेखिन्न।विशेस गरेर आज भोली गजलको संरचनामै दुविधा छ,अग्रज भनाउदाहरुले आफ्नो हितमा गजलको व्यख्या गर्नाले सिक्न खोज्नेहरु दुबिधामा छन्,यो नेपाली गजलको विकासमा ठूलो खाडल हो,यो खाडल पुर्नुनै पर्छ नत्र गजल ईतिहास नहोला भन्न सकिन्न।गजल बहरमा लेखियो हिन्दी र उर्दुमा तर आज भोली नेपाली गजल स्वलयमा पनि लेखियो,जसले गर्दा धेरै यो बिधामा लालयित भए,जुन सुन्दर पक्ष हो।अब गजल बहरमा मात्र लेखिनु पर्छ भनेर बिगुल बजाउनु हुन्न।जसले जसरी सक्छ त्यसै गरेर लेख्न दिनुपर्छ।गजलमा अतिआवसयक गुण भने हुनुपर्छ,लयको मार्गमा रहेर सुन्दर भाव पस्किनु पर्छ भन्ने मेरो जोड छ।लयको नियममा बाँधिएर हामीले भावको गला थिच्नु हुन्न,त्यसै गरेर आधुनिक गजल भनेर पूरै लयलाई तोड्नु पनि हुन्न।गजल गायन बिधा हुनाले गजल गायन मौत्री हुनुपर्छ।त्यसैले लय/मिटरमा गजल हुनै पर्छ।आज भोली म अग्रज कसलाई भन्ने त्यो बिषयमै अन्योलमा छु।के धेरै गजल लेख्ने अग्रज हुन?कि लामो समय देखि गजल लेख्ने अग्रज हुन?वास्तवमा हल्ला गर्ने अग्रज होइनन्,जसले नेपाली गजलमा गहकिला शेर दिन सक्नेनै अग्रज हुन।त्यसैले अग्रज भनेर हामी कुनै व्याक्तीलाई पछ्याउनु निन्दनिय हुन्छ।गजल कुनै व्याक्तीको योगदान होइन/हुनै सक्दैन।हामी सबैको योगदाननै गजलको बिकास हो।आफुले मन पराएको अग्रजले जे भन्यो त्यो नै ठीक हो त्यो ठान्ने हाम्रो बानीले हामीलाई दसक पछि लग्दैछ।अझै बेला छ गजलको यो भेलबाट बाहिर आउ,अनि अध्ययन गरौ,हिन्दी,उर्दु गजल आखिर किन त्यहाँ यि बिधा अन्याधिक मन पराइए?अनि नेपाली गजल किन आशातित प्रगती हुन सकेन?इतिहास हेरेर भविश्य केर्ने समय हो यो।यसमा हामी सबैको हातेमालोको जरुरत छ।
मदन पुरुस्कारको लिस्टमा किन आज सम्म गजल पुस्तक परेको छैन?के आज सम्म त्यो हैसतको गजल लेखिएको छैन?कि गजल मदन पुरुस्कार समितीको आँखामा परेको छैन?परेन भने किन परेन-त्यो खोजिनु पर्छ कि पर्दैन।जुँघाको लडाइले मात्र बिधाको हीत होला त?यि अनि यस्ता धेरै बिषय,मुद्धा छन् नेपाली गजको बिषयमा।यि बिषयमा छलफल हुनु पर्ने हो कि होइन?के हामी गजल लेख्नेहरुले यि बिषयमा सोचेका छौँ,आखिर गजल किन लेख्दै हुनुहुन्छ?किताबको खात बनाउन मात्र कि,पाठकको मन मुटुमा पुग्न।आज पनि गजलको किताब किनेर पढ्न किन पाठक मान्दैन?हामीमा किन आज पनि किताब निकाल्न हतार किन छ?जब यस्ता धेरै प्रश्नहरु मेरो मन आउछन् तब म स्तब्ध हुन्छु।सिक्दै गर्दा(अध्ययन बीनानै सिक्दाको कुरा,आज अध्ययनबाट सिक्दैछु) मैले पनि दिनमा २ वटा सम्म गजल लेखेछु,आज हेर्दा मलाई कता कता कुरी कुरी हुन्छ।आज भोली म गजल कम लेख्छु तर यसको अर्थ त्यो होइन म गजल देखि दूरछु। होइन आज भोली म झन् गजलको नजिक हुदैछु।गजलको अध्ययन गर्दैछु।हिन्दी,उर्दु देखि नेपाली गजलको भित्र भित्र पस्दैछु।जब जब म नेपाली गजलको बिकाशक्रम हेर्छु तब स्तब्ध हुन्छु। यसरी हेर्दा नेपाली गजल एउटा ठूलो भुलभौलौयामा पसेको छ।यसलाई हामीहरु सबै मिलेर बाहिर ल्याउँनु पर्छ।

नेपाली गजल को विकास गर्न अब गर्नु पर्ने केहि काम-सबै गजलकारहरु एक हुनुपर्छ,गजल लेख्नेहरुमा अध्ययनको भोक हुनुपर्छ।स्तरिय शेरमा जोड दिनुपर्छ।कुनै व्याक्ती या वादको पछि कुड्नु हुन्न।तन मन वचनले कर्म गर्नु पर्छ।

जय नेपाली साहित्य,जय नेपाली गजल!!


Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive