"हुँदै हुन्न यो सानो जातकी केटी हामी सँग बस्न हुन्न । यो हाम्रो परापुर्खा देखि चलेको रीती हो ।"
फूपूले स्पष्ट धारणा राखिन
"मैले तन मन सबै सुम्पिएर ल्याएकी मेरो श्रीमती कसरी तल्लो जातकी हुन्छिन ? म उपल्लो जातको हो भने मैले ल्याएकी पनि उपल्लो जातकै हो,हुन्छे" दाइले आफ्नो कुरा राखे
" म जीवित हुदा सम्म यो हुन सक्दैन । आफ्नै जातका केटीहरु हुदा हुँदै तल्लो जातको केटी ल्याइस । आफ्नो खुशी भनेर बिद्रोह गरिस । अब सधै तेरो राज चल्दैन । संस्कार ,रीती तैले भुले पनि हामी भुल्न सक्ने छैनौ ।- आमाले अडान लिइन ।
"मैले तन मन सबै सुम्पिएर ल्याएकी मेरो श्रीमती कसरी तल्लो जातकी हुन्छिन ? म उपल्लो जातको हो भने मैले ल्याएकी पनि उपल्लो जातकै हो,हुन्छे" दाइले आफ्नो कुरा राखे
" म जीवित हुदा सम्म यो हुन सक्दैन । आफ्नै जातका केटीहरु हुदा हुँदै तल्लो जातको केटी ल्याइस । आफ्नो खुशी भनेर बिद्रोह गरिस । अब सधै तेरो राज चल्दैन । संस्कार ,रीती तैले भुले पनि हामी भुल्न सक्ने छैनौ ।- आमाले अडान लिइन ।
एउटा तल्लो जातको केटी ल्याउदा ल्याउने को जात कसरी गयो,के आउने को जात माथी चढ्न सक्दैन?" दाजुले प्रश्न गरे । लामो समय चर्काचर्की भयो । एउटा दुख बोकेको घर रणभुमी जस्तै देखियो । युवा जमातले तल्लो जात( कथित) विवाह गर्ने दाइ भाउजूलाई साथ दिए भने गाउका लगभग ७०% मान्छे अरुलाइ साथ दिन अगि बढे । विषय गम्भीर वातावरण तनावको बन्यो ।
" भो मेरो कारण यो कोलाहल नमच्चाउनुस,म दूर बसेरनै काम गर्छु,ठाडो जुठो बार्छु । एउटा लिम्बुको घरमा जन्म लिनु मेरो जन्मजात गल्तिरैछ,अनि एउटा उपल्लो जातको केटा सँग विवाह गर्नु अर्को गल्ती । आज सम्म मलाई आफ्नै बाबू आमाले त बुझ्न सक्नु भएको छैन ,हजुरहरुले बुझ्नु हुन्छ भन्ने मलाई आशानै छैन । मेरो ससुरा भएको नाताले हिन्दु संस्कार अनुसार म जुठो बारेर बस्छु ।"
भाउजूले गह भरी आँसु पार्दै आफ्नो विचार राख्नु भयो ।
यो एउटा प्रतिनिधि घर हो , जहाँ एउटा कथित तल्लो जातकी केटीलाई परिवार मान्न इन्कार गरिदैछ । यी दाजु भाउजू दुबै जना जागिरे हुनाले परिवारले दुख दिएको छैन । आफ्नै तरिकाले आफ्नो जीवन काट्दैछन । तर जसको अन्तरजातीय विवाह हुन्छ,अनि आफ्नो कमाइ पनि छैन उनिहरुको जीवन नरक बनाइन्छ । स्विकार्नु नस्विकार्नु हजुरहरुको कुरा तर अझै यो अवस्था हाम्रो समाजमा जरा गाँडेर बसेको छ ।
कुनै पनि संस्कार या कु संस्कार जब जरा गाँडेर बसेको हुन्छ त्यसलाई उखेल्न एकल प्रयास काफी हुन्न । हामी पढे लेखेकाहरु मुखदर्शक हुदा झन यी कुराले प्रसय पाएको छ । यसलाई उखेल्न एउटा अभियानको खाँचो छ ।
अस्ति म घर जदा मेरो एक आत्मिय साथीको घर गएको थिएँ, उनीहरु दमाई हुन । उसको घर गएको बेला मैले चिसो पानी पिउन मागे,आमा अल्मलिनु भयो ।
"आमा किन अल्मलाउनु भएको ? पानी पिउन दिनुहुन्न ? " नानी किन मलाइ पापको भारी बोकाउनु हुन्छ? म सानो जातको मान्छे मैले दिएको पानी कसरी पिउनु हुन्छ ? केही हीनताबोध देखियो उहाँको आँखामा ,साथमा पीडाबोध पनि ।
आमा त्यस्तो नसोच्नुस ,हामी सबै एकै हौ । हजुरको छोराले
छोएको खाएको छु । म बिरामी हुदा रेखदेख गर्ने उनै हो खोइ उनलाइ पाप लागेको खोइ मेरो
जात गएको? यी पूरानो कुरा हुन यसलाई परिवर्तन गर्नु पर्छ ।
कुरा सुन्दा गुलोयो लाग्छ नानी,तर यो हाम्रो संस्कार जस्तै भएको छ । हामी कसरी आफ्नो संस्कार भुल्न सक्छौ ?
निशब्द भएँ म , अब के बोल्ने ? कसरी सम्झाउने आमालाई । मैले सम्झिएँ आफ्नो आमालाई उहाँ झन कट्टर हुनुहुन्छ । अब हामीले उहाँहरुलाई पो बुझाउनु पर्छ । परिवर्तन त यहाँ बाट पो थाल्नु पर्छ। आफ्नै घरका बा-आमा बाट ।
कुरा सुन्दा गुलोयो लाग्छ नानी,तर यो हाम्रो संस्कार जस्तै भएको छ । हामी कसरी आफ्नो संस्कार भुल्न सक्छौ ?
निशब्द भएँ म , अब के बोल्ने ? कसरी सम्झाउने आमालाई । मैले सम्झिएँ आफ्नो आमालाई उहाँ झन कट्टर हुनुहुन्छ । अब हामीले उहाँहरुलाई पो बुझाउनु पर्छ । परिवर्तन त यहाँ बाट पो थाल्नु पर्छ। आफ्नै घरका बा-आमा बाट ।
हामी एकताको बाटोबाट अगाडी बढे यी समस्याको निदान खोज्न सकिन्छ । तर परिवर्तनको नाममा हामी गालीको, बिखण्डनको बाटो रोजेको भान हुदैछ । केही महिना अगाडी एक युए इ बस्ने मित्रले एक हप्ता भर बाहुनलाई
"टपरे" भनेर गाली गर्नु भयो । केही साथीहरुले उहाँलाई समर्थन पनि गर्नु भयो । तर धेरैले त्यसको विरोध । एक हप्ता सम्म बाहुनलाई पाए खुननै पिउला जस्तो गर्ने उहाँ आज भोलि चुप हुनुहुन्छ ,आखिर एक हप्ताको तनाव पूर्ण गाली पछि समाज परिवर्तन भएको हो ? होइन भने उहाँले अपनाउनु भएको बाटो ठीक थियो? यो सोचनिय विचार हो कि होइन ? के गालीनै समास्याको निदान हो ? होइन भने यसको विकल्प के त ? युवा पुस्ताको सहकार्य बीना परिवर्तन सम्भव छ? पुस्ताअन्तर सँगै युवा पुस्ता लगभग यो जातभात छुवाछूतको हाउगुजीबाट मुक्त भएको पाइन्छ । तर जो पीडित छौ भन्दै हुनुहुन्छ उहाँहरुलेनै गाली गरेर आफ्नै खुट्टामा बञ्चरो हान्दै हुनुहुन्छ । साथ लिने बेलामा गाली गरेर पाएको समर्थ गुमाउने कुचेष्टा नगरौ । यो मामिलामा केहि बाहुन मित्रहरु पनि कम हुनुहुन्न,अर्कालाई माअन हानी गरेर मज्जा लिनुहुन्छ।लाग्छ यो उहाँहरुको सोख हो ।
केही साथीहरु भन्नू हुन्छ आदर्शको भाषण दिन सजिलो छ , यति परिवर्तन खोज्नेनै हो भने हजुरले किन अन्तरजातीय विवाह नगरेको ? खोइन अन्तरजातीय विवाहनै अन्तिम प्रहार हो त जातिय विभेदको अन्त्य गर्न ? मेरो जीवनको बाटो तय गर्न मलाई छुट छ कि छैन ? अन्तरजातीय विवाह गरेकै कारण कतिले ज्यान गुमाएका छन् । नेपाल भन्दा अझै यो समस्या घातक छ छिमेकी देश भारतमा ।अमेरिका जस्तो प्रगती गरेको देशमा समेत यो घातक समस्या छ भने हामी 40% भन्दा कम साक्षार भएको देशमा यसको प्रभाव कति भयावह होला अनुमान गर्न सकिन्छ । अनि यसलाई हटाउन अझै कति चुनौती मोल्नु पर्छ त्यो बुझ्नु जरुरी छ ।
आज भोलि देश यस्तो परिस्थितिमा छ सोच्दा पनि मन काम्छ । कुडिएर कमिलो हुन्छ । अरे साथीहरु दुई दिन छ मिलेर बाँचौ । देशमा धर्म,जातिय युद्ध छेडिदैछ । कैलाली घटनाले यहि देखायो । कैलाली घटना पछि उस्तै प्रकृतिका घटना अन्य तिर पनि घटे । कैलाली घटना घटेकैदिन एक फेसबुके साथीले लेख्नु भयो
" जातिय दमन गर्ने बाहुन,देखिस ? आक्रोश कस्तो रैछ ? आज म धेरै खुशी छु । " उहाँको यो स्टाटसलाई अब कसरी बुझौ ? एक नेपाली मर्दा अर्को खुशी हुने दिन कहिले सम्म ? भक्खर मात्र तारा एयरको जहाज दुर्घटना भयो,एक मधेशी मुलका नेपालीले फेसबुकमा कुनै पनि मधेशी नपरेको अनि पहाडे मात्र मरेकोमा खुशी व्यस्त गर्दै स्टाटस लेखे।उनको स्टाटस एकै छिनमा भाइरल भयो। उनलाई गाली गर्न थालियो।यो घटनामा यहाँ त्यो स्टाटस लेख्ने अनि हामी सबै गलत छौ।यो एउटा संस्कार जस्तो भएर आयो । जातियताको मुद्दाले एउटा विकराल स्वरुप घारणा गर्यो।जे नहुनु पर्ने हो त्यहि भयो।एक प्रकारले अघोषित युद्दनै पो हुन लागेको आभाष हुन लागेको छ। यसै मेरोमा साउदी अरब रहदै आउनु भएका मेरा मित्र सागर जिले हिजो एउटा स्टाटस लेख्नु भयो,साँच्चै गज्जबको लाग्यो,कुकुरलाई पेट्रोल छर्किएर आगो लगाए पनि भाग्नु उसको दोषको होइन,अरुको घर,गोठ जलाउनु उसको दोष होइन,दोष त आगो लगाउनेहरुको हो(सागर जि सँग माफि
मागे)। हो गल्ति भएको छ अब के गर्ने त यसको निदान खोज्नु हाम्रो कर्तव्य होइन? यो समय हाम्रो हो,परिवर्तन पक्का खोजेको छ समयले ।तर समयको प्रवाहमा बग्न सक्नु पर्छ । हामीले विवेक पुर्याउनु पर्छ अब । फेसबुकमा जातियताको भाषण गर्दैमा,अरुलाई सराप्दैमा देश बन्ने होइन । देश बनाउन सबैले हातेमालो गरौ ।
0 सुझाबहरु:
Post a Comment