Monday, June 14, 2010

- झरी पर्‍यो होला नि

झरी पर्‍यो होला'नी ,खर छानो बलेशि
बर्षा मासे झरिले,बढे क्यारे कुलेशि
आउँला
छानो पनि चाडै छाउँला!!(१)

मेरी आमा मायालु,दिन रात रुन्छिन
मेरो बाटो हेरेर,फोटो मेरै छुन्छिन
हातैमा
घुमाउँला धाम साथैमा !!(२)

मेरो लागी बुहारी,मेरी आमा खोज्दिहुन्
मनमनै आमाले,भुन्टीलाई रोज्दिहुन्
ला'छैन
भुन्टीसँग दिल आ'छैन!!(३)

No comments:

Post a Comment