Monday, September 20, 2010

गज़ल-१५

म बैमान तिमी बैमान,यहाँ भए सारा बैमान !
आशा सधै सुताउँने ,अन्धकारको तारा बैमान!!

आयो है चुनाबि पल,गर्नलागे दौडधुप !
नेताले गर्नथाले भाषणमा नारा बैमान!!

जनता सोझा हामि,खान्छौँ पिडा सधै-सधै!
घरैमा सुबिधा छ,पानी नखस्ने धारा बैमान!!

नेपाली धनि हामि प्राकृतिक सम्पदाले!
सधैनै आशु हाम्रो,आँखा भित्र रारा बैमान!!

जित्योनै कस्ले युद्ध ,लुट्यो सबै इज्ज्वतनै!
दुख्ने ति मुटुहरु,सम्झे आज खारा बैमान!!

चुस्नेनै सधै-सधै,नेपालीको खुनलाई!
भाँच्नुनै पर्छ अब,भष्टचारी दारा बैमान!!

No comments:

Post a Comment