Sunday, September 12, 2010

गज़ल-१२

पीडा दुख्नुको मज्जानै अलग,दिलनै नदुख्नु दुखे पछि!
आँशु सुक्नुको मज्जानै अलग,आँशुनै नसुक्नु सुके पछि!!

थोरै लजाइ चक्षुनै झुकाइ,नशानै तिम्रो त्यो हेर्न पाए !
माया लुक्नुको मज्जानै अलग,मायानै नलुक्नु लुके पछि!!

दिन बित्छन रात'नी,तिम्रोनै यादमा कुर्दा चौतारीमा !
बाटो ढुक्नुको मज्जानै अलग,बाटोनै नढुक्नु ढुके पछि!!

आउ भुलाउ संसारनै,चुक्छ त्यो रीतिनै भने छैन दु:ख!
शिर झुक्नुको मज्जानै अलग,शिरनै नझुक्नु झुके पछि!!

रात पछाडी रातनै परोस,"कालीकै" अंगालो भित्रै हराइ!
पलु रुक्नुको मज्जानै अलग,समय नरुक्नु रुके पछि!!

No comments:

Post a Comment