Monday, August 30, 2010

- कसैले बोलाको

कसैले बोलाको
सुने
कतै त्यो
नेपथ्यमा
फर्किएर हेरे
मेरै काल
मेरो पिछा गर्दै रहेछ
म डराए
भाग्न खोजे
तर
भाग्न सकिन

- भेट भा'को याहुमा

भेट भा'को याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!- १

म छु अझै कुमारी,बिहेबारी भाछैन
तिमी मेरो राजानै,अन्त माया लाछैन
दाउमा,
छोरा रैछन् तेस्को गाउँमा।।- २