Sunday, December 12, 2010

गज़ल-१९

जिन्दगीको लागि जोहो गर्दै छु!
शिप अनि कला यहाँ छर्दै छु!!

प्रदेशमा छु छ देश मुटुमा!
आशुँ पिई पैसा यहाँ भर्दै छु!!

आशहरु थाति राख्छु चाहना त्यो!
जिउदै मत यहाँ त्यसै मर्दै छु!!

- यात्रा हो जिन्दगानी

यात्रा हो जिन्दगानी गरौ हामी साथैमा!
गरौ कुरा तिमी हामी के नै हुन्छ बातैमा !!
पिउछु म नयनको नसा माते मातिन्छ!
किन तिमि भर गर्दैनौ मर्दको जातैमा??(एक)