Thursday, March 10, 2011

गीत-९




अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!
सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!

 कसले दियो माया तिमीलाइ मेरो भन्दा धेरै ! 
तिमी हाँसे पुग्यो मानेकोछु तिम्रो खुशी मेरै!!
आधा मात्रै मत नामोनिशान किन मेरो मेट्छौँ!
अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!!


अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!
सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!

छैन खुशी मन'नि गर्दैँ छु म बाँच्ने यौटा मेलो!
तिमी मेरै सोचे'थे मात्रै रैछ दुई दिने खेलो!!
छोड्यौँ साथ ठीकै छ व्यथै किन झुठो हल्ला पिट्छौँ! 
अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!!

अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!
सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!


रचनाकाल-०९/०३/२०११  
दोहा कतार 

No comments:

Post a Comment