Wednesday, April 20, 2011

गज़ल-६९


के पो देला सरकारले,आफै सडक छाप हुदै छ।
ढिलो चाँडो यसको'नि,हेर पत्ता साप हुदै छ।।

झुक्ने होइन् शिर हाम्रो,गोर्खे बीर योद्धा हामी थ्यौ।
कस्ले गर्दा  इज्जत यो,सबै बली राप हुदै छ।।

लंका हर्‍यो बादरले,जस पायो नाथे ढेडुले।
अझै पनि लंका पाउँन,सधै यहाँ जाप हुदै छ।।

 बिष्णु पनि छली रै'छ,लुट्यो अरे सती बृन्दाको।
रंगे हात भेट्दा यहाँ,कसले भन्ला पाप हुदै छ।।

होसियार देश द्रोहि,अब छिट्टै क्रान्ती हुने छ।
कस्को चिता कती पर्ला,अब चाडैँ नाप हुदै छ।।

No comments:

Post a Comment