Wednesday, April 6, 2011

गज़ल-६८


होस गर मित्रहरु उल्टो युग आउँदैछ रे।
गाईहरु आन्दोलनमा गोरु पनि ब्याउँदैछ रे।


नातावाद  कृपावाद उस्कै सालो सिफारिस।
वाटर् भन्दा कटर् दिने ज्ञानी मान्छे ल्याउँदैछ रे।।

कालो गए गोरो आउँछ चिन्ता छैन यस्तै भन्छौ।
प्र म भन्न त्यो पनि त छिमेकीमा धाउँदैछ रे।।


कति हेर्नु यिनको नृत्य अति बाट चार भयो।
भनी दिनु भ्रष्ट मास्ने हतियार उध्याउँदैछ रे  रे  ।। 

लेखनकाल-०६/०४/२०११ 
कतार 

No comments:

Post a Comment