Tuesday, June 28, 2011

गज़ल-७४


नाँच्न जान्दैन् आँगन् टेडो यस्तै भा'छ कलियुगमा!
भदौरेको भेल जस्तै जीवन गा'छ कलियुगमा!!

हात्ती आयो हात्ती आयो फुस्सा भयो सपना'नि!
सधै हाँसो खुशी मात्रै कसले पा'छ कलियुगमा!!


मुखमा राम बगलीमा छुरा बोक्ने महासय!
सबै तिर दुष्टहरु माथि आ'छ कलियुगमा!!

आफु भलो जगत भलो सोच्ने यहाँ भन कसले?
भेटे जती डकार्दैनन् खानु खा'छ कलियुगमा!!

No comments:

Post a Comment