Tuesday, June 28, 2011

गज़ल-७२


अब माया फुल्न   डालो  कसरी बनाउँ?
आफै फस्न सक्ने जालो कसरी बनाउँ?

छैन मुर्छा पर्नु दिनै भक्कानो फुटाई।
भुले दर्द सबै आलो  कसरी बनाउँ?

राखे रुमाल त्यो तिम्रो मायाको निशानी।
तिम्ले छाडेपनि टालो  कसरी बनाउँ?

हाँस्छ "प्रभातमा" शीत सुकेर गए'नि।
आफै सुकिजाने पालो कसरी बनाउँ?


No comments:

Post a Comment