Tuesday, June 28, 2011

गज़ल-७५


आफ्नो लास आफुलेनै बोक्नु पर्ने कस्तो आयो जमाना यो।
आफ्नो मुटु आफुलेनै जोख्नु पर्ने कस्तो आयो जमाना यो।।

जन्मे एक्लै समाजमा साथ खोज्नु आफन्तको भुल गरे।
रोएँ पनि आँशु भने रोक्नु पर्ने कस्तो आयो जमाना यो।।


भलो सोचेँ दुनियाँको कस्ले सोच्ला मेरो भलो दुनियाँमा।
आफ्नो शिर आफुलेनै ठोक्नु पर्ने कस्तो आयो जमाना यो।।

बिष रोपे बिषै फल्छ फल्ने होइन् अमृतनै बुझे हुन्छ।
अमृत मानि बिष दाना टोक्नु पर्ने कस्तो आयो जमाना यो।।

No comments:

Post a Comment