Wednesday, May 4, 2011

कबिता


मेरी एउटी प्रेमिका छिन
राम्री नभए पनि कुरुप होइन
काला चक्षु चञ्चल छन्
झरना जस्ता काला कपाल
कम्मर सम्म लत्रीएका
फराकिला चौडा निधार
अनार जस्ता रसिला ओठ
हिराका लहर जस्ता दाँत
हल्का उठेका बक्षस्थल
साँस्ची मेरी प्रेमीका राम्री छिन्।।
मुस्कान सँगै बोल्ने उनको बानी
कती लठिए कति पागल भए
म पनि लठिए र पागल भएँ।
उनलाइ म अँगालोमा कस्न चाहन्छु।।

अन्तरवार्ता


आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर।

लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ।

"Sir, may i seat here." मैले प्रश्न गरे
"Yes please, have a seat." सरले भन्नुभयो 

धेरै प्रश्नहरु सोधिए,धेरैको उत्तर दिएँ।अलि अलि गर्दै मेरो डरपनि गायब हुँदै गयो।एक प्रकारको आत्मविश्वास पलायो।

अन्त्यमा सर सँग हात मिलाउँदै म बहिर निस्किएँ,मन हर्षितनै थियो।सरको कुरा गराइबाट म पास हुने लगभग पक्का थियो/