Wednesday, August 6, 2014

गजल -2069-5-12

निराजन "प्रभात" लुइँटेल

तिमी रुन जान्दछौ कि जान्दैनौ जाँच्न मनछ।
सम्झि सम्झि तिम्रो सबै हर्कत हाँस्न मनछ।

गर्यौ माया कति भनि तौलने निधो गर्दै।
टुक्रा टुक्रा पार्दै चुरा काँचको भाँच्न मनछ ।।


खहरे भो कहिले यो कहिले मरुभुमी ।
थोपा थोपा भेला गर्दै फेरी'नि साँच्न मनछ।

तिमी कहाँ म'नि कहाँ  छुटायो समयले।
एकै हुदै दुई मुटु खुशिले बाँच्न मनछ।।

लेखनकाल-२०६९ भाद्र १२ गते।
झापा नेपाल

No comments:

Post a Comment