Tuesday, July 1, 2014

कथा-प्रयोग नम्बर एक


निराजन 'प्रभात' लुइँटेल
झापा-नेपाल
हाल-नयाँ वाक्रा-कतार​​


मिति ३०३० साल
स्थान चन्दमा  प्रयोगशाला
प्रयोग नम्बर #१
ठूलो भवन
मा​म छु सयौ सेनाको घेरा भित्र,कता कता डर पनि लाग्दैछ यो प्रयोग सफल होला नहोला?असफल भए मेरो जीवन के होला।एसिको त्यो एकोहोरो आवाजले कम्ता कानलाइ सास्ती दिएका होइनन ,बूढो जो भएँ।तर यो बुढेसकाल बाट मुक्त हुने दिन नजिकै छ।बुढेसकाल भन्नू एक्लो जीवन,एक जना कियर गिभरको साथ सधैँ।आफ्नो शरीर आफुलाई घाँडो हुदा पनि केही गर्न नसकिने।पहिला पहिला धेरै बाँच्ने आशाले दिर्घजिवन भ्याक्सिन लगाइयो तर हिजो आज मर्न मन लाग्छ तर मनले के गर्नु ?छोरा छोरी छन भन्नू मात्र,कोहि मंगलमा रे कोहि चन्द्रमा रे,त्यो   ल्यापटपमा कति दिन बिताउनु झुर लाग्छ,पहिला म सानो हुदा फेसबुक थियो,अहिले टाइमबुक भा छ।यो टाइमबुकमा आफ्नो उमेरका दौतरी मात्र जोड्न सकिन्छ,आफू जस्ता सँग कुरा गर्यो,सधैँ समान कुरा,सबैको भोगाई एक,उस्तै दुरुस्तै।गुनासो गरौ कहाँ गरौँ?कति क्रुर छ यो विश्व सरकार,पहिला जस्तो यहाँ छैन देश सबै एक देश,एक भेष,एक भाषा।सेक्स (स्त्री,पुरुष बीच)बन्देज छ यहाँ,सबै मेशिन बाट हुन्छ काम।बाबुको छोरा को चिन्न कठीन छ,ट्यागको आधारमा आफ्नो हर्मोन चिन्नु पर्छ।यहाँ कोहि गरिब छैन,कोहि धनी छैन।सबैलाइ समान हक अधिकार छ।समान श्रम,समान उपयोगिता।न धर्म छ न युद्द छ।
आज यो विश्व सरकार,विश्व जनता अनि विश्व बैज्ञानिकको लागि बिशेष दिन,आज यो प्राविधिक युगको नयाँ क्रान्तीको प्रयोग हुने दिन अनि म त्यो प्रयोगको लागि छानिएको म ।कता कता खुशी लाग्दैछ,कता कता दुख पनि।अनौठो अनुभव हुदैछ ।आज बिश्व  जनता बडो कौतुहलता भएर यो बिशेष दिनलाई हेर्दै छन।