Tuesday, February 3, 2015

सुखी जीवन !!



मेरो साथी
रहरको बिफकेश बोक्छ
मरी मरी उचाल्छ
पूरा अपूरा रहर सम्हालेर राख्छ
डिजिटल भोटे ताल्चा ठोकेर
तिनै रहर बोकेर सुत्छ
उठछ
सुम्सुमियाउछ
रुन्छ
हाँस्छ
आफ्नै कयौ रहरको मलामी जान्छ
बर्बराउछ
डेट स्पायर रहर
सम्झिएर दुखी हुन्छ !

तर

एउटा सानो धर्सो
रहर कोर्छु सिसाकलमले
रहरलाइ छुने प्रयास गर्छु
पूरा भए सम्हाल्छु
राख्छु दिमागमा
मायालु स्पर्शले सुम्सुमियाउछु
अपूरा भए मेटिदिन्छु
इरेजरले
मलाइ आफ्नै डेथ रहरको
मलामी हुने फुर्सद छैन ।
त्यसैले,
अनुहारमा
सधै 10:10 बजाउछु
सेतो कागज नियाल्दै
सुनौलो दिन सम्झिएर !!

No comments:

Post a Comment