Sunday, July 26, 2015

गजल - 2015-07-26

याद  अनि  बचपन , लिलामीमा राखियो ।
मुटु भित्रको धड्कन ,लिलामीमा राखियो ।

बित्यो  जवानी अरबमा, गर्दा  गर्दै गुलामी ,
बाध्यताले  सारा जिवन ,लिलामीमा राखियो ।

भन्छन् सबै गर्नु छ याँ, जितेर दुनियाँ सबै ।
हारेको यो एउटा मन ,लिलालीमा राखियो ।

तला माथी तला थप्दै, लम्किदैछ नभ छुन ,
बच्चा खेल्ने  त्यो आँगन ,लिलामीमा राखियो ।

No comments:

Post a Comment