Monday, July 27, 2015

शेख साहेबलाई बिन्तिपत्र !

सलाम शेख साहेब !
म एक टाउकाले यो लेखे पनि यी समस्या लगभग 4 लाख टाउकाका साझा समस्या हुन । हामी
देशले लखेटेका बेरोजगार युवालाई रोजगार दिएकोमा सर्वप्रथम धन्यवाद । घरदेशमा हुदा आमाको
होटलमा खाएर बाबुको लजमा घाम बैसालु हुदा सम्म सुत्ने म र म जस्तालाइ विस्वासीलो मानेर
पाले,ढोके,ताब्बुके,बेल्चेको जागिर दिने शेखको महानता म कहाँ भुल्छु र । पून एक पटक शेख साहेबको जय
जय भन्दै यो बिन्तिपत्र लेख्नै पर्ने कुरोको चुरो खोल्न चाहान्छु ।

लघु कथा - वास्तविक पीडित

सबै काम,अध्ययन सकेर बेलुकी घरमा भेला भए।यो घरको मुखिया,प्रमुख भनौ या बा राजेन्द्र अनि घरमा एक्लो कमाउने पनि उनिनै।परिवारमा दुई जना छोरा बेरोजगारे तर अध्ययन गर्दै,त्यस्तै दुई छोरी भक्खर क्याम्पस पुगेका कमाउने कुरै भएन, श्रीमतिलाई घर धन्दामै दिन चिप्लिएको थाहानै नहुने।आत्मियताले सुखी परीवार धनले मध्यम वर्गिय।
खाना खाएर सबै एकै स्थानमा भेला भए,दिन भरका प्रगती-दुर्गती विवरण पेस भयो सबैबाट।त्यस पछी सबै टि भि हेर्न पसे कोठामा।टिभीका कार्यक्रमहरुले देखाउदै थिए उहीँ भुकम्पले भत्किएका घर,मरेकाको लास अनि शोकमा कुडिएका आफन्तहरु।राजेन्द्रले लामो सुस्केरा हाले,"कस्तो देश कस्तो भयो?" सबैले चिन्ता गरे देशको।

मुक्तक - 2015-7- 20

सिक्नु भएन पाठ भुलबाट ।।
कि चेताउनु पर्ने हो सुलबाट ?
हे ! नेता ज्यु के गर्नु पर्ला अब ?!
भन्नू हुन्छ रे चल्दैन देश बहुलबाट ।