Friday, February 26, 2016

कविता - .....

यो मुटुको धड्कन
यो फेर्ने स्वास
लाग्छन्
केवल
तिम्रो खातिर हो ।।
सम्झिनु त छ जीवनमा,
याद हिजो आज लाग्छन्
डिजिटल भएका छन्
फेसबुकको लाइक र कमेन्ट जस्तै
कहिले ह्वात्तै बढ्ने
कहिले शुन्य शून्य ।
जे होस यी यादका दर्पण देखिन्नन
only me
छन् दिमागी टाइमलाइनमा
आफै देख्छु आफै हेर्छु
अनि चुक घोप्टिन्छन मेरो मुहारमा
मेरो उदास मुहार भने
public
भैदिदा
प्रियमनहरु सोध्छन्
किन उदास ??

No comments:

Post a Comment