Saturday, August 14, 2010

- शब्द निलेर

शब्द निलेर
काब्य बन्ता गर्ने
मेरो कलम
आज
शिथिल छ
युगको आक्रमणले!

मेरो कलमबाट
मुना मदन
दोषि चस्मा
जस्ता सपुत
जन्मने छैन
किन कि
मेरो कलम
असक्त छ
समयको मारले!!

मेरो दिमागसँग
कलमको
संभोग गराइ
यो युगकै महान कब्य जन्माउने
मेरो सपनातुहियो
समयकै मारले!!

मेरो कलमको आवाज
अब कसैलेसुन्दैन
सारा युगको
सुन्ने कान छैन
देख्दैनअब कसैले
देख्ने आँखा छैन
तेसैले,
मेरो कलम
सुस्त छ
बिरामि छ
घायल छ!!!

No comments:

Post a Comment