Saturday, August 28, 2010

गज़ल-९

यता एउटा पिडा,उता देश दुख्छ!
मोटा नेता सबै,सधै जन्ता सुक्छ!!

गर्ने होइन् केहि,देख्यो तिन्को चाला!
पार्क उक्ली उक्ली,नारा सधै फुक्छ!!

चाला छैन निको,बन्ने छैन देश!
गाँस बाँस जन्ता माझ कैले पुग्छ?

उठौ हामी साथी संगी हुदै एक!
एक भए पापी कुना तिर लुक्छ!!

No comments:

Post a Comment