Thursday, December 30, 2010

- रात दिन समय

रात
दिन
समय

दिन
रात
समय

हार
जीत
जीवन

जीत
हार
जीवन

उल्टो सुल्टो
सुल्टो उल्टो
जहाँ बाट
पनि उस्तै
दुरुस्तै

हेर प्रकृति
उस्तै देखिन्छ

नदी बग्ने क्रम
हावा बहने
उस्तै छ
मानव खप्पर
उस्तै
तर
किन सोच
खिइदै छ
पानी घट्टको फिता जस्तै
दुब्यो देश
त्यो गिदिको कमिले
आज सिनो भा'छ
कुर्सी
अनि
गिद्घ नेता
लुछिदै छ
देश
मेची चोरिदै छ
काली फोरिदै छ
हामी मात्र
मुक दर्सक
कुहियो मती
देशानै दुर्गन्धित भो
फैलियो
फुट भाइ भाई मा
लिम्बुवान
खुम्बुवान
किरात मोर्चा
मदेसी
पहाडी
के के हो के के
आखिर कैले सम्म???

No comments:

Post a Comment