Tuesday, January 4, 2011

गज़ल-२७

मुटु तिमीलाई दिएर गल्ती गरेँ मैले।
थोत्रो मुटुलाई सिएर गल्ती गरेँ मैले।।

मत बिहोशिनै भएर जिएँ हिजो सम्म।।
याद भुल्नलाई पिएर गल्ती गरेँ मैले।।

माग्यौ दिए मैले धड्कन भुल्यौ त्याग मेरो।
नासो तिम्रो हिजो लिएर गल्ती गरेँ मैले।।

पुग्यो अब आँशु मलाई रुन्न फेरी मत।
हिजो भित्र भित्रै खिएर गल्ती गरेँ मैले।।

लेखनकाल-०४/०१/२०११ मंगलबार

No comments:

Post a Comment