Sunday, December 26, 2010

गज़ल-२०

लज्जावती झार जस्तै लजाउँने बानि बैमान।
लालीफूल शिरमा सधै सझाउँने बानि बैमान।।

छैन माया छैन खाँचो नआउँहै मेरो छेउमा।
समाजमा ब्यथै ढोल बजाउँने बानि बैमान।।

बेसारे त्यो तिम्रो चाल झस्काउँछ किन सधैनै।
जानाजानि मलाई सधै कजाउँने बानी बैमान।।

डुली बस्छौँ यहाँ त्यहाँ काम गर्नु छैन घरमा।
आमा लाई सधैँ भाडा मझाउँने बानी बैमान।।

No comments:

Post a Comment