Sunday, December 26, 2010

गज़ल-२१

तिम्ले टेक्ने मैले टेक्ने धर्ती यौटै छ।
तिम्ले देख्ने मैले देख्ने धर्ती यौटै छ।

धेरै गर्यौ कुरा यहाँ बिकाश देशको'
तिम्ले लेख्ने मैले लेख्ने धर्ती यौटै छ।

मेचि दुख्दा काली हाँस्छ कस्तो नियती।
तिम्ले सेक्ने मैले सेक्ने धर्ती यौटै छ।

गर्छौ किन भाग भण्डा हाम्रो देशको।
तिम्ले छेक्ने मैले छेक्ने धर्ती यौटै छ।

No comments:

Post a Comment