Thursday, January 13, 2011

गज़ल-३३

झुठ मात्रै खेती गर्नेलाई सलाम गर्नु कसरी?
पेट मात्रै आफ्नो भर्नेलाई सलाम गर्नु कसरी?

आफु भलो हुदा जगतनै भलो हुन्छ सुने'थे।
खोक्रा आशा सँधै छर्नेलाई सलाम गर्नु कसरी?

मेचि लुट्यो कहाँ बाँकी राख्यो काली तेसले।
यस्तो मुद्दा झिक्न डर्नेलाई सलाम गर्नु कसरी?

जता तातो उतै तापो यस्तै मन्त्रनै जप्दा रहेछन्।
लाजै बीना गुँड सार्नेलाई सलाम गर्नु कसरी?

मती राम्रो छैन कसैको'नि सबै लुच्चा भएछन्।
सता सत्ता भन्दै मर्नेलाई सलाम गर्नु कसरी?

खोज्या छैन हाम्ले ठुलै भाग शान्ती'नि भए धेरै भो।
युद्ध बोकि खोलि तर्नेलाई सलाम गर्नु कसरी?

No comments:

Post a Comment