Sunday, January 23, 2011

अब जनता जाग्दै छन


टुट्यो
धर्यको बार
लाग्यो थप्पड गालामा
यो थप्पड होइन
चेतावनी हो
................मेरो
..........................उसको 
 ....................................हाम्रो
.............................................अनि
 .....................................................सबै नेपाली जनताको

 यो थप्पड
खनाललाइ होइन
प्रचण्डलाइ होइन
ति कु-मानबलाइ हो
त्यो नेतालाई हो
जस्ले 
जनतालाइ
जनता मानेन
कुर्सिमै मर्यो
कुर्सि-कुर्सि 
भन्दै बस्यो 
उसलाइ हो

 ओहो!
...चट्याम
कस्तो देश भक्ती थप्पड
अब त देख्यौँ होला नि
ए!नेता भनाउँदाहरु
जनता चुप लाग्नु
मौन समर्थन होइन
जब
जनताको मौनता 
टुट्छ 
तब
प्रलय हुन्छ
होस् गर
ए!(सम्बोधन गर्दिन)
अब जनता
जाग्दै छ
देवि प्रसाद
भएर

कति खान्छौँ भत्ता
कति लुस्छौँ
५ तारेमा
खसिको 
ह्याकुला?
अब त
देशलाइ 
मार्ग  दर्शन गर
ए!लाज नभएका (....)हरु
अब फेरी अर्को देवि प्रसाद
जन्मिनु नपरोस
देशले अनि
जनताले
खोज्या शान्ती हो
क्रान्ती होइन

"हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए, 
बन्दैन मुलुक दुई-चार सपुत मरेर नगए । । "

अझै हामी यसै भन्छौँ 
कति सपुत मर्नु पर्ने 
हजारौ मरे 
तर  
खोइ देश बन्या? 
अब  
भुपिको यो हरफ  
पनि काम नलाग्ने भएको छ 
मिर्मिरमा तारा 
झरेपनि नेपालम 
खोइ बिहानि भएको 
खोइ हजरौ सपुत 
मरे पनि देश बनेको?
ए! नेताहरु 
ए!देशका  
टाउँके हरु 
के गर्दै छौँ ? 
के भात्ता खान मात्रै 
गएका तिमीहरु ? 
अब पनि पुगेन  
खनालले थप्पड खादा पनि 
किन आफ्नो कर्म 
भुल्छौँ 
होसियार!! 
नेताहरु
देश बनाउँछु
भन्नेहरु
अब जनता 
जाग्दै छन
देवी प्रसादको रुपमा । । 

रचनाकाल-२२// ०१//२०11

No comments:

Post a Comment