Thursday, January 20, 2011

गज़ल-३५



क्का दाउमा सधै सधै तिमी चलेकी  छ्यौ
छक्का पल्टि मलाई सधै तिम्ले छलेकी  छ्यौ ।

चोखो माया थियो मेरो किन त्याग्यौ तिम्ले?
पक्का मनको दिप तिम्ले अन्तै बालेकी  छ्यौ ।

 शिशिर याममा फूल्ने फूल तिमी मेरी रानी ।
छोडी मेरो बोट तिमी अन्तै फलेकी  छ्यौ।

झुठो माया थाहा भयो चाहिन्न तिम्रो हात।
धनको सानमा भित्रै सम्म तिमी जलेकी  छ्यौ।


रचनाकाल-१६ /०१ /२०११

No comments:

Post a Comment