Tuesday, January 25, 2011

गज़ल-३९

सफलताको सुभेक्षा उनेर तिमीलाई
शिर मा लगाउ लाग्छ बुनेर तिमीलाई

दिन सक्दिन सुख महल सुन चान्दिको
जतिछ माया मनमा थुनेर तिमीलाई 

टाँसी राख्छु कहिले नउड्नेगरी मुटुमा
मानी सके पारी लाखौंमा चुनेर तिमीलाई

कसरी सोच्यौ तिम्ले सक्छु म हाँसेर बस्न
घाउ लगेको खबर सुनेर तिमीलाई

No comments:

Post a Comment