Tuesday, January 25, 2011

गज़ल-३८

भो मत हास्न चाहन्छु दु:ख मा नपार काली
मत अझै जिउन चाहन्छु बिछोड मा नमार काली

म सिङो बिरुवा हागा काटी सर्दिन काही
मलाई टुक्रा टुक्रा पारी मरुभुमिमा नसार काली

यो जीवन त अझै बाँकी छ लोक दराजमा जिउन
मायाको रेश बाट यसरी अर्ध बाटोमै नहार काली

उदार थियौ कति तिमि बिगतमा म प्रति
मिथक अक्षम्य के भयो अभरमा नपार कालि

कल्पित स्वान्त सुखमा आमोद प्रमोदका रसिक पल
बर्षाउ रति बर्षा बोटमा तेजाब नझार कालि।।

No comments:

Post a Comment