Thursday, January 20, 2011

गज़ल-३४



(गजलनै नलेख्ने भने होइन तर पनि मनको भावनालाइ लेख्दै छु।।)


अब लेख्दिन गजल,बहर रोगी भो।
अब लेख्दिन गजल,शहर योगी भो।।


शब्द हेर्दैन कसैले,त्यसैनै गाली छ।
अब लेख्दिन गजल,प्रहर ढोंगी भो।।

 सबै उस्तै छ दुरुस्तै,फरक छैन पो।
अब लेख्दिन गजल,रहर जोगी भो।।


खोज्छ युवती बयान,हेर्दैन पिडाको।
अब लेख्दिन गजल,कहर भोगी भो।।

रचनाकाल-२० /०१ /१०११

No comments:

Post a Comment