Thursday, January 6, 2011

गज़ल-३०


पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!
वाग उस्तै-उस्तै,यहाँ माली फरक!!

धेरै सुन्यौ यहाँ आस्वासन भाषण !
नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!

भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!
सुझाब उस्तै-उस्तै,केबल गाली फरक!!
छायौँ छानो पनि,तिमी अनि हामिले!
छानो उस्तै-उस्तै,मात्रै पाली फरक!!

रोप्यौ खेत पनि बिराउदै भिर पखेरो!
खेत उस्तै उस्तै,मात्रै आली फरक!!


No comments:

Post a Comment