Monday, January 24, 2011

मन


मन
बाँझो हुदैन
मन मेची हो
मन सगरमाथा हो
मन बग्छ
मन चुलिन्छ
मन हावा हो
देश डुल्छ
परदेश डुल्छ


 मन
कोमल छ
मन रुन्छ
मन ढुङ्गा हो
मन कठोर छ
मन दु:खमा'नि हाँस्छ
मन बस् मा हुन्न
समयको
प्रकृतीको
मन  भौतारिन्छ
अतितमा
अगातमा
अनि विगतमा
कस्ले भन्छ 
मन मान्छे मा हुन्छ?
मन 
पहरामा हुन्छ
मन छहरामा हुन्छ
मन 
दु:खिको आवाजमा हुन्छ
मन 
खुसीको
अट्टहास हुन्छ।


मन 
फूल होइन
मन
जून होइन
मन 
फूल्दैन
मन 
झुल्किन्न
मन मनै हो
जुन तनमा हुन्छ
तर पनि तनमा
हुन्न।

मन
पीडामा रुन्छ रे
दुखमा कहालिन्छ रे
तर 
खोइ कहाँ छ त मन?
छ तर पनि छैन
हो तर पनि होइन
त्यसैले
मन 
भगवान हो
आस्था हो
 विश्वास हो

म किन पत्थर पूजा गरुँ
तिमीले मानेको
देवता किन मानुँ
म आस्तिक हु
तर 
म पत्थरमा देब 
हुन्छ त्यो मान्दिन
आज बाट 
म 
भगवान होइन 
मनको पूजा गर्छु ।।।

रचनाकाल-२३।०१।२०११ आइतबार

No comments:

Post a Comment