Tuesday, January 25, 2011

गज़ल-३७

देउ दोष मेरो समयलाई,किन दोष मलाई?
बीना आगो जल्छन् मनहरु,किन खोज्नु सलाई?

कलि युग लाग्यो छैन दया,गर्छन् मनो मानि!
सुल्टो गर्यो उल्टो देख्छन् सधै,गर्नु हुन्न भलाई!!

सिक्नु पर्छ केहि प्रकृतीबाट,स्वार्थ बीना बाँच्च!

छर्छ दिप सधै भरी मैन,आफ्नो देह जलाई!!

बिष फल्छ बिष रोपेपछि,फल्ने छैन अमृत!
किन पोस्नु होला बिष-बृक्ष,सधै बिष फलाई!!

-- 

No comments:

Post a Comment