Saturday, February 12, 2011

गीत-6


धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।
फूल जस्तै ओइलिदै झर्नै पर्छ भन्ने छैन।।


सबै जना बाँचेकै छन,एक्लो जीवन साँचेकै छन।
जीबनको रंगमञ्चमा रमाउँदैनै नाँचेकै छन।।
दुखि हुदै सधै पछि सर्नै पर्छ भन्ने छैन।
धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।


सिक्कै पर्छ हाँस्न अब,एक्लै बाँच्न खोज्नु पर्छ।
बाँच्ने भए सुखि हुदै,ओठमा हाँसो रोज्नु पर्छ।
माया प्रेम कसैलाइ गर्नै पर्छ भन्ने छैन।
धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।

धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।
फूल जस्तै ओइलिदै झर्नै पर्छ भन्ने छैन।।


रचनाकाल-१०।०२।२०११ बिहिबार
दोहा कतार

No comments:

Post a Comment