Tuesday, February 8, 2011

गज़ल-५५


खोज्नु पर्ने न्याय पनि नेताजिको झोलामा ।
बगाएछन सबै कुरा खहरे त्यो खोलामा 
। ।

गर्छौँ कती भष्ट्रचार देश सबै रित्तो भो ।
केहि गर मरी जाने मनुष्य यो चोलामा । ।

अन्धो भक्त पूजा गर्छ शिला पूज्दै सँधैनै ।
दुखी दुख्छ खै के नै पो पर्नु भर भोलामा । ।

गल्यो सबै खरानी भो हेर्दा हेर्दै क्षणमै ।
कती धेरै शक्ती रै'छ सधै बँच्ने   गोलामा । ।

रचनाकाल-०७/0२/२०११

No comments:

Post a Comment