Monday, February 7, 2011

गज़ल-५४


कती दोष अरुलाई,केहि देखाउँ गरेर आफै!
 देश रित्तो जतै आज,केहि देखाउँ भरेर आफै!!

धेरै भयो सम्मान'नि,देशभक्त शहीदको!
माया भए आफ्नो धर्ती ,लौत देखाउँ मरेर आफै!!


अती भयो मोज मस्ति,बिदेशी ति दलालको!
छोड भर आफै गर,देखाउँ अघी सरेर आफै!!

हाँस्छ शत्रु देख्दै फुट,खोज्दै निल्न सिङ्गो देश!
कती बस्छौँ टुट्दै फुट्दै,आफ्नै सती हरेर आफै । 


No comments:

Post a Comment