Sunday, February 13, 2011

गज़ल-५८


गजल
भुल्छु भन्छु सम्झनाले अझै पोली दिन्छ।
कस्ले कुन्नि याद आउँने बाटो खोली दिन्छ।।

आए टाढा भुल्न भनि पल आगतका।
समयले यादहरु साँच्ने झोली दिन्छ।।

खोज्नु छैन पाउँनुनै के पो पाए मैले।
सपमीमा तिनै दिन चर्को बोली दिन्छ।।
बाँच्नु सँधै शुभकामना छ है प्रभातको।
घृणा भित्रै तिम्रो प्रीत अझै घोलि दिन्छ।।


रचनाकाल-१३।०२।२०११
दोहा कतार

No comments:

Post a Comment