Tuesday, February 15, 2011

गज़ल-५९


हेर्दैछु प्यासी नजरको तमासा।
लेख्दैँछु त्यहि बहरको तमासा।।

झुठो हो सबै तिम्रा यि भावना?
बुझ्दैँछु तिम्रो रहरको तमासा।।

पानीको साथ बग्दोछ नदी त।
भेट्दैँछु प्यासि बगरको तमासा।।
फूल्दो छ फूल वागमा सँधैनै।
झेल्दैँछ फूल भ्रमरको तमासा।।

देख्दैछु नयाँ "प्रभात" आज'नि।
सोच्दैँछु खिन्न अधरको तमासा।।

रचनाकाल-१५।०२।२०११
दोहा कतार

No comments:

Post a Comment