Monday, February 7, 2011

गज़ल-५३


दुख्यो अंगनै सबै,नढलेरै दुख्छ देश ।
सुन्यौँ देशको पूकार,नजलेरै दुख्छ देश । ।

 खायौँ खान सम्म,अटेसमटेस भयौँ तिमी ।
भ्रष्ट तिम्रो भारले,नगलेरै दुख्छ देश ।

 लुट्यो यता उता,खुम्चिदैछ सिमा रेखा ।
चुप छौँ तिमी हामी,नचलेरै दुख्छ देश ।

कुर्सी प्यारो सधै,पेव्डुलम बन्यो बिकास ।
भयो उजाड जगत,नफलेरै  दुख्छ देश ।


 01 February 2011

No comments:

Post a Comment