साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Wednesday, March 16, 2011
गीत-१०
मधुरस घोली घोली,
पिईदिएँ तिम्रो मया।।
एकान्तमा हुदा राख्छु,
तिम्रो फोटो दायाँ बायाँ।।
तिम्रो माया देखी सके,
मनको दैलो टेकी सके।।
माया भित्र फसे पछि,
एक्लोपन सेकी सके।।
जून सरी तिम्रो मुहार,
झस्की दिन्छ दिलको कायाँ
एकान्तमा हुदा राख्छु,
तिम्रो फोटो दायाँ बायाँ।।
मधुरस घोली घोली,
पिईदिएँ तिम्रो मया.....
दियौँ माया अजम्बरी,
आधा बाट पूर्ण भएँ।।
हाँसि दिएँ पुग्यो मलाई,
झुल्की दिन्छ चन्द्र सय।।
जहाँ जान्छु याद तिम्रो,
पछि पछि तिम्रो छायाँ।।
एकान्तमा हुदा राख्छु,
तिम्रो फोटो दायाँ बायाँ।।
मधुरस घोली घोली,
पिईदिएँ तिम्रो मया.......
रचनाकाल-१६/०३/२०११
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment