Wednesday, March 16, 2011

gazal-66


माया गरी भुल्नेलाई सलाम छ,
पराइ सँग खुल्नेलाई सलाम छ।।

वाचा भुली हिजो आज अर्कै सँग,
मस्की मस्की डुल्नेलाई सलाम छ।।

मरुभुमी मेरो मन तिम्रो लागी,
अन्तै फक्री फुल्नेलाई सलाम छ।।

 रङ्गहिन जीवन यो यसै ठीक,
पैसा सँगै घुल्नेलाई सलाम छ।।

शालीन थ्यो "प्रभात यो" तिम्रो लागी,
त्यसै भेल हुल्नेलाई सलाम छ।।


रचनाकाल-१५/०३/२०११

No comments:

Post a Comment