Saturday, May 21, 2011

किनकि देशले रगत माग्दैछ!!!!


भो अब मलाई चाहिन्न शान्ती
कति महङ्गो शब्द यो 
कती वर्ष लाग्ने यो पाउँन??
त्यसैले अब मलाई चाहिन्न शान्ती|
मलाई अब दिन सक्छौ भने बम देउ
बन्दुक देउ,लडाकु देउ||
अब फेरी म युद्ध गर्न चाहन्छु
रटटटटटटट भटटटटटट पार्न चाहान्छु

 अब देशले रगत माग्दै छ
अब देशले कुपुत माग्दै छ 
माग्दिन म बुद्धलाई 
खोज्दिन बुद्ध वाणि
मैले आजका हाम्रा नेता 
अनि 
उबेलामा बुद्धमा केहि फरक देखेको छैन
आजका नेतापनि दक्षिण बाट चालित छन्
बुद्धले पनि उतै बाट ज्ञान प्राप्त गरेका थिए रे
के नेपालामा पिपलको रुख थिएन??
कि बुद्धलाइ यहाँ तप गर्न कसैले दिएन??
पक्कै पनि यसमा केहि खड्यन्त्र छ |
अब न्यायको पटांगिनीमा शिर झुकाउँन्न म
न्याय अन्धो छ रे होइन पक्कै हो 
उसको आँखा छैन 

अब मैले ढुंगाको देवपनि मान्न छोडे 
उ पनि पैसामा बिक्छ /बिकेको देख्या छु 
धनी झन् झन् धनी 
गरीब सधैँ कंगाल
के यसको प्रमाण होइन ??

अब प्रचण्ड घामले पोल्दैन मलाई 
हावा/पानी /धुलो /धुवाँ पचाई सके
मैले /मेरो सन्तानले 
अब हातमा किताब होइन बन्दुक बोक्न सिक्नु पर्छ 
किताबमा के छ ह ??
राजा महाराजाको जय जयकार ??
भो पर्दैन मलाई त्यो किताबको रटान गर्न 
ए !जनता 
नेपाली जनता तिमी पनि अब एक कदम अगाडी बढ 
बोक बन्दुक आवाजको अनि 
सखाब पार ति कुपुतलाइ 
|||किनकि देशले रगत माग्दैछ |||||

No comments:

Post a Comment