प्यारीले सोधिन् के छ खबर शहरको?
कसरी व्याख्या गर्नु जालीम जहरको?
छैन त फोन म्यासेज् उतैनै हरायौ नि,
सुस्तरी याद गराई बितेका प्रहरको।।
आउँनु झट्टै अब पर्दैन हिरा मोती,
फुकाई पोको उस्ले आफ्नो त्यो रहरको।।
तानेर लेघ्रो फेरी सुनाई गजलनै,
यौवन भित्र फूल्दो,शृंगारिक् बहरको।।
No comments:
Post a Comment