Saturday, July 23, 2011

गज़ल-८०


जो बिक्छ पैसामा,इमान उसैको !
सुनिन्छ सधैनै बखान उसैको !!

के बुझ्यौ तिमीले,दुनियाँ पढेर ?
लुटेको धनमा छ शान  उसैको !!


उ गयो त्यो आयो ,फरक के पो भो !
सारथी फेरीयो ,लगाम उसैको !!

 छ  होला हतियार , जनकै अधिन ?
गर्दो छ अझै'नि ,सलाम उसैको !!

No comments:

Post a Comment